आज जनै पूर्णिमा : यज्ञोपवीतदेखि रक्षासूत्रसम्मको यस्तो छ धार्मिक महत्व
kalakarmi.com · Fri Aug 28 02:58:16 GMT 2026

काठमाडौं- जनै पूर्णिमाका दिन हिन्दु धर्मावलम्बीहरूले विशेष श्रद्धा र आस्थाका साथ यज्ञोपवीत फेर्ने तथा रक्षासूत्र धारण गर्ने परम्परा छ । विशेषगरी उपनयन संस्कार सम्पन्न गरेका ब्राह्मण, क्षत्रिय तथा वैश्य समुदायका पुरुषहरूले वैदिक विधिअनुसार मन्त्र गरिएको नयाँ जनै धारण गर्ने चलन छ ।
यज्ञोपवीतलाई जनै, उपवीत, यज्ञसूत्र तथा ब्रह्मसूत्रलगायत विभिन्न नामले चिनिन्छ । मन्त्र गरिएको पवित्र धागोलाई देब्रे काँधमाथिबाट दाहिने हातमुनि पर्ने गरी धारण गर्ने परम्परा छ । हिन्दु दर्शनअनुसार मानिसको जीवनलाई १६ संस्कारसँग जोडिएको मानिन्छ, जसमध्ये उपनयन संस्कार पनि एक महत्वपूर्ण संस्कार हो ।
Read full story at source (kalakarmi.com)