विपी राजमार्ग बस दुर्घटनाः मृतक सबैको पहिचान खुल्यो
gorkhapatraonline.com · Sat Jun 13 06:35:07 GMT 2026

विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन विष्टका अनुसार शुक्रबार भएको दुर्घटनामा ज्यान गुमाउने सबै मृतकको पहिचान भएको हो।
मृतकहरूमा रोसी गाउँपालिका–६ का ७३ वर्षीय मेघबहादुर तामाङ, रोसी गाउँपालिका–७ की ३४ वर्षीया फुलमाया तामाङ, रोसी गाउँपालिका–६ का ७५ वर्षीय तथा बसधनी इन्द्रबहादुर तामाङ, रोसी गाउँपालिका–८ की ६० वर्षीया प्यारीमाया तामाङ तथा दैलेख घर भई हाल भकुण्डेस्थित त्रिनेत्र दल गणमा कार्यरत अमलदार ३० वर्षीय बमबहादुर भण्डारी रहनुभएको छ ।
Read full story at source (gorkhapatraonline.com)