पोखराबाट हुन सकेन नियमित अन्तरराष्ट्रिय उडान
nepalsamaya.com · Wed May 20 11:08:02 GMT 2026

गण्डकी। छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको छैन। झण्डै २२ अर्ब रूपैयाँ ऋणमा बनेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन भएको थियो।
सन् २०२५ मार्चमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरू गरे पनि त्यो लामो समय टिक्न सकेन। गत मार्च २३ बाट हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सेवा बन्द गरेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए।
Read full story at source (nepalsamaya.com)