२५ करोड ८० लाख बढी कमाएको फिल्म ‘गौँथली’ले मनायो ५१औँ दिन
himalpress.com · Sat Sep 05 05:54:23 GMT 2026

काठमाडौँ- फिल्म ‘गौँथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ। वर्षकै सर्वाधिक धेरै कमाउने फिल्म ‘गौँथली’ देशभर ५१ दिन मनाएको हो। हालसम्म गौँथलीले २५ करोड ८० लाख ५ हजार ५२५ रुपैयाँ कमाएको छ।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गरेका छन्।
Read full story at source (himalpress.com)