कृष्णभीर पहिरोले चितवनको पर्यटन बढी प्रभावित
gorkhapatraonline.com · Sat Sep 05 05:57:34 GMT 2026

रसुवाको भोटेकोशीमा आएको बाढीबाट चितवनमा प्रत्यक्ष मानवीय तथा भौतिक क्षति नभए पनि त्यसको अप्रत्यक्ष प्रभाव भने जिल्लाको पर्यटन क्षेत्रमा परेको छ। तर, रसुवाको विपद्को तुलनामा धादिङको कृष्णभीरमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध हुँदा चितवनको पर्यटन व्यवसाय बढी प्रभावित भएको पर्यटन व्यवसायीहरूले बताएका छन्।
भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा सडकको तल्लो भाग कटान गरेपछि काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। बाढीले सडक भासिएपछि चितवनबाट काठमाडौँ तथा काठमाडौँबाट चितवनतर्फको नियमित स्थल यातायात प्रभावित भएको हो। कृष्णभीरमा भासिएको सडक पुनः सञ्चालनका लागि नयाँ ट्र्याक निर्माणको काम सुरु गरिएको छ। तर, कहिलेदेखि यातायात सञ्चालनमा आउँछ भन्ने यकिन छैन।
Read full story at source (gorkhapatraonline.com)