असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु गर्न सरकारको निर्देशन
arthasansar.com

सरकारले आगामी असार १ गतेदेखि नै कक्षा ११ को पठनपाठन सुरु गर्न निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई पत्राचार गर्दै यसको जानकारी गराएको हो।
शैक्षिक सत्र २०८२ को एसईईको नतिजा सार्वजनिक भइसकेकाले नयाँ शैक्षिक सत्रको पढाइ असारको पहिलो दिनदेखि नै सुरु गराउन सबै विद्यालयहरूमा सूचना प्रवाह गर्न भनिएको छ । विगतका वर्षहरूमा एसईईको नतिजा आउन सामान्यतया ३ महिनासम्म लाग्ने गरेको थियो। तर, यस वर्ष कार्यपद्धतिमा सुधार गर्दै मात्र १ महिनाभित्रै नतिजा प्रकाशन गरिएकाले कक्षा ११ को पढाइ पनि चाँडै सुरु हुन लागेको हो।
Read full story at source (arthasansar.com)