भारतीय सेनाको विमान दुर्घटना
ajakoartha.com · Sat Jun 13 06:54:00 GMT 2026

काठमाडौं- भारतको असमको जोरहाटमा भारतीय बायुसेनाको एयरबेसमा एएन ३२ मालवाहक विमान दुर्घटना भएको छ । प्रारम्भिक जानकारीअनुसार विमान अवतरणका क्रममा आगलागी भएपछि दुर्घटना घटेको हो ।
विमानले रनवेमा सुरक्षित अवतरण गरेको भएपनि अवतरण लगत्तै विमानबाट आगोको मुस्लो निस्किएको थियो । आगलागी सुरु हुनासाथ एयरबेसभित्र भागदौड मच्चिएको थियो ।
Read full story at source (ajakoartha.com)