दमकमा प्रदर्शनकारी र प्रहरीबीच झडप
setopati.com · Tue May 09 15:50:00 GMT 2023
पहिचान पक्षधरले निकालेको राँकेजुलुस प्रहरीले शान्त बनाउन खोज्दा झापाको दमकमा झडप भएको छ। दुवै पक्षबीच भएको झडपका कारण दमक बजार करिब २ घन्टा अशान्त बनेको थियो।
प्रदेशको नाम 'कोशी' खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधर र प्रहरीबीच झडप भएको हो। पहिचान पक्षधरले राँकोले प्रहरीलाई आक्रमण गर्न थालेपछि स्थिति असामान्य बनेको हो।
Read full story at source (setopati.com)