क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
ratopati.com · Sat Jul 04 16:56:02 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) अन्तर्गत क्यानडा र मोरक्कोबीचको महत्त्वपूर्ण खेल ह्युस्टन स्टेडियममा शनिबार राति १०ः४५ बजे सुरु हुँदै छ । दुवै टोली यस खेलमा जित निकाल्दै प्रतियोगिताको क्वाटरफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।
सह–आयोजक क्यानाडाका लागि यो विश्वकप यात्रा निकै ऐतिहासिक र गौरवपूर्ण बनेको छ । यसअघि खेलिएको ‘राउन्ड अफ ३२’ को खेलमा दक्षिण अफ्रिकालाई १–० गोल अन्तरले पराजित गर्दै क्यानडाले अन्तिम १६ को यात्रा तय गरेको हो । यस २०२६ को संस्करणअघि क्यानडाको पुरुष फुटबल टोलीले विश्वकपको इतिहासमा कहिल्यै कुनै पनि खेल जित्न सकेको थिएन, न त कुनै अंक नै जोड्न सकेको थियो । जारी प्रतियोगितामा टोलीको यस उत्कृष्ट प्रदर्शनले क्यानडाको फुटबल इतिहासमा नयाँ कीर्तिमान रचेको छ ।
Read full story at source (ratopati.com)