पश्चिम एसिया तनावका कारण सन् २०२६ मा विश्व आर्थिक वृद्धि सुस्त हुने
ratopati.com · Wed May 20 11:47:14 GMT 2026

काठमाडाैँ । पश्चिम एसियामा जारी संकटका कारण विश्व अर्थतन्त्र दबाबमा परेको छ। यसले आर्थिक वृद्धि सुस्त बनाएको, मुद्रास्फीति पुनः बढाएको तथा विश्व वित्तीय बजारमा अनिश्चितता बढाएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
मंगलबार सार्वजनिक गरिएको 'विश्व आर्थिक अवस्था तथा सम्भावना २०२६ मध्य-वर्षीय अद्यावधिक' प्रतिवेदनअनुसार सन् २०२६ मा विश्व कुल गार्हस्थ उत्पादन वृद्धि दर २.५ प्रतिशत रहने अनुमान गरिएको छ । यो जनवरीमा गरिएको प्रक्षेपणभन्दा ०.२ प्रतिशत बिन्दुले कम हो। सन् २०२७ मा भने २.८ प्रतिशतको सामान्य सुधार हुने अपेक्षा गरिएको छ।
Read full story at source (ratopati.com)