सशस्त्रद्वारा एप्पल कम्पनीको झण्डै साढे दुई करोड रुपैयाँबराबरको एयर वर्ड्र्स बरामद
rajdhanidaily.com · Sat Sep 05 06:26:52 GMT 2026

काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट शनिबार बिहान सशस्त्र प्रहरीले २ करोड ४० लाख रुपैयाँबराबरको एप्पल कम्पनीको एयर वर्ड्र्स बरामद गरेको छ ।
भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्यको १ हजार २०० थान एयर वर्ड्र्स सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोस्ट खैरवनीले संयुक्त रूपमा बरामद गरेको हो ।
Read full story at source (rajdhanidaily.com)