अण्डाको मूल्य बढ्यो
mahendranagarpost.com · Wed Mar 09 09:17:13 GMT 2022
काठमाडौं – नेपाली बजारमा अण्डाको खुद्रा मूल्य बढेको छ। नेपाल अण्डा उत्पादक संघले आज बुधबारदेखि लागू हुने अण्डा गोटामा १ रुपैयाँ र क्रेटमा ३५ रुपैयाँ बढाएको हो।
यसअघि प्रतिगोटा १५ रुपैयाँ रहेको अण्डाको मूल्य प्रतिगोटामा १ रुपैंया बढेर प्रतिगोटा १६ रुपैयाँ पुगेको छ ।
प्रतिक्रेट ठूलो अण्डा ३९५ र मिडियम ३६५ रुपैयाँ बिक्री मूल्य निर्धारण गरिएको संघले जनाएको छ। माघमा प्रतिक्रेट ठूलो अण्डा ३६५ रुपैयाँ र मिडियम ३३५ रुपैयाँ थियो।
संघद्वारा जारी विज्ञप्तिमा उत्पादनमा महँगिएको लागतसँग सन्तुलन मिलाउन संघको मंगलबार बसेको विशेष बैठकले अण्डाको बिक्री मूल्य नयाँ निर्धारण गरिएको उल्लेख छ।
Read full story at source (mahendranagarpost.com)