भागेश्वरमा सडक, खानेपानी र सिँचाइको समस्या उस्तै
gorkhapatraonline.com · Fri Jun 05 03:52:07 GMT 2026

बैतडीको पश्चिमतर्फ महाकाली नदी किनारसम्म फैलिएको भागेश्वर गाउँपालिकाका विकट बस्ती विकासको पर्खाइमा छन् । भागेश्वर गाउँपालिका–१ अन्तर्गत पर्ने सुकाली खेत, ठुला खेत, सम्निया र कान्डे जस्ता विकट बस्तीका बासिन्दाले बर्सौंदेखि आधारभूत सेवाको अभाव झेल्दै आएका छन् । गाउँपालिकाको प्रशासनिक सीमाभित्र परे पनि यी बस्ती सडक, खानेपानी, स्वास्थ्य, शिक्षा तथा सिँचाइ जस्ता अत्यावश्यक पूर्वाधारबाट अझै वञ्चित छन् ।
स्थानीयको मुख्य पेसा कृषि हो । उब्जाउ जमिन र अनुकूल हावापानीका कारण यहाँ प्रशस्त मात्रामा धान उत्पादन हुन्छ तर व्यवस्थित सिँचाइ प्रणाली नहुँदा किसान वर्षाकै भरमा खेती गर्न बाध्य छन् । पक्की सिँचाइ कुलो निर्माण गरेर उत्पादन बढाउन सके स्थानीयको आयआर्जनमा उल्लेखनीय सुधार आउने किसानको विश्वास छ । यातायात पहुँचको अभावले स्थानीयको दैनिकी थप कष्टकर बनेको छ । बिरामी पर्दा डोको वा स्ट्रेचरमा बोकेर दुई/तीन घण्टा पैदल हिँडेर लिमको डाँडासम्म पु¥याउनुपर्ने अवस्था छ ।
Read full story at source (gorkhapatraonline.com)