रवि लामिछानेलाई अयोध्यामा स्वागत, ४५ मिनेट राम मन्दिर दर्शन गरेर फर्किए
nagariknews.nagariknetwork.com · Fri Jun 05 03:47:10 GMT 2026

अयोध्याको राम मन्दिर दर्शन गरेर राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेको टोली शुक्रबार काठमाडौं फर्किँदै छन्। शुक्रबार बिहान करिब ६ बजे अयोध्यास्थित होटल दि रेडिशनबाट निस्किएका लामिछानेसहितको टोली राम मन्दिर दर्शनका लागि पुगेका थिए।
४५ मिनेट राम मन्दिर दर्शन गरेका लामिछानेसहितको टोली लखनउ-दिल्ली हुँदै काठमाडौं फर्किदै छन्। राममन्दिर दर्शनका लागि सभापति लामिछाने, पत्नि निकिता पौडेल, सांसदहरू दिपक बोहरा र बिपिन आचार्य पनि अयोध्यास्थित राम मन्दिर दर्शनमा सहभागी भएका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)