विद्यार्थी, युवा र वैदेशिक रोजगारीबाट फर्किएकालाई वृत्ति मार्गनिर्देशन सेवा
ratopati.com · Sat Sep 05 06:45:54 GMT 2026

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थी, युवा, कामदार तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित गरी ‘वृत्ति मार्गनिर्देशन सेवा’ सञ्चालन गर्ने भएको छ । शिक्षा ऐन, २०२८ को दफा १९ (क) ले दिएको अधिकार प्रयोग गरी ‘वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन निर्देशिका, २०८३’ जारी गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव चूडामणि पौडेलद्वारा प्रमाणित निर्देशिकाले विद्यालयमा कक्षा ८ वा सोभन्दा माथि अध्ययनरत विद्यार्थी, युवा, कामदार र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित वर्गका रूपमा परिभाषित गरेको छ । उनीहरूको रुचि, खुबी, क्षमता तथा सबल पक्ष पहिचान गरी उपयुक्त वृत्ति विकल्प छनोटमा सहयोग गर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।
Read full story at source (ratopati.com)