जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ?
nepallive.com · Sat Sep 05 06:49:03 GMT 2026

बुटवल – जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशसभाका आफ्ना चार सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ।
जसपा नेपालले चार सांसदलाई पार्टीबाट निष्कासन गरिएको जानकारीसहितको पत्र प्रदेशसभा सचिवालयमा पठाएको छ। पत्र प्रदेशसभामा जानकारी गराइएपछि सांसदहरूको पद रिक्त हुने अवस्था आउने भएकाले मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारको बहुमतमाथि प्रश्न उठ्ने देखिएको हो।
Read full story at source (nepallive.com)