एनभीएलमा आज काठमाडौँ–मधेस र सगरमाथा–कप्तड खेल्दै
ratopati.com · Sat Sep 05 06:54:44 GMT 2026
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) मा आज दुई वटा खेल हुँदैछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा दिउँसो ४ बजे काठमाडौँ रेड्स र मधेस वारियर्स तथा बेलुकी ७ बजे सगरमाथा स्म्यासर्स र कप्तड फाल्कन्स खेल्दैछन् ।
हिजो भएका खेलमा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराजले विजयी शुरुआत गरेका छन् । सगरमाथाले मधेस वारियर्सलाई २५–२१, २५–२१, २३–२५ र २५–२१ को सेटमा पराजित गरेको हो । सगरमाथाका अइमल खान ‘म्यान अफ द म्याच’ हुँदै २० हजार नगद पुरस्कार पाए । उनले यो रकम बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
Read full story at source (ratopati.com)