खेतमा झिक्रा डढाउँदा वनमा आगो सल्कियो, निभाउन खोज्दा आफैँ जले ८५ वर्षीय वृद्ध
nepalkhabar.com · Wed Apr 24 16:58:36 UTC 2024

खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका–१ कुभिन्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो।
खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैँले बालेको आगो अनियन्त्रित भएर स्थानीय हरमटार मैनाचउर सामुदायिक वनमा सल्केपछि निभाउन खोज्दा श्रेष्ठको जलेर मृत्यु भएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले बताए।
Read full story at source (nepalkhabar.com)