पहिरो र त्रिशूली कटानको दोहोरो मारमा राइनास, २५ घर उच्च जोखिममा
gorkhapatraonline.com · Sat Sep 05 06:58:16 GMT 2026

गोरखाको सहिद लखन गाउँपालिका ४ ताक्लुङस्थित राइनासमा पहिरोका कारण २५ घर उच्च जोखिममा परेका छन् । लगातारको बर्षासंगै पहिरो सक्रिय बनेपछि स्थानिय बासिन्दा त्रसित भएका वडा अध्यक्ष याम बहादुर थापा अरुणले जानकारी दिनुभयो ।
राइनासको बस्तीबाट खसेको पहिरोले जमिन चिरिन थालेको छ । पहिरो विस्तार हुदै जाँदा घर तथा खेती योग्य जमिन जोखिममा परेको स्थानियले बताएका छन् । बर्षा बढेसंगै जुनसुकै बेला पहिरो खसेर ठुलो क्षति हुनसक्ने भन्दै स्थानिय चिन्तित छन् ।
Read full story at source (gorkhapatraonline.com)