क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
ratopati.com · Sat Jul 04 18:08:32 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत क्यानडा र मोरक्कोबिच ह्युस्टन रंगशालामा जारी रोमाञ्चक खेलको पहिलो हाफ निकै आक्रामक बनेको छ । खेलमा नियन्त्रण जमाउन र विपक्षीको काउन्टर अट्याक रोक्नका लागि भएका कडा फाउलका कारण पहिलो हाफको ४५ मिनेट नसकिँदै मैदानमा रेफ्रीले दुवै टोलीका कुल ६ जना खेलाडीलाई पहेँलो कार्ड देखाइसकेका छन् ।
सह–आयोजक क्यानडाका दुई महत्त्वपूर्ण खेलाडीहरू डिफेन्डर रिची लारिया र स्ट्राइकर जोनाथन डेविडले पहिलो हाफमै पहेँलो कार्ड पाएका छन् । यी दुवै खेलाडीले खेलको सुरुवाती चरणमा विपक्षी खेलाडीलाई लडाएपछि रेफ्रीको चेतावनीपूर्ण पहेँलो कार्डको सामना गर्नुपरेको हो ।
Read full story at source (ratopati.com)