पार्टीका बैठक कसैका घरमा नबसी पार्टी मुख्यालयमा बस्नुपर्दछ : माधवकुमार नेपाल
nepalghatana.com · Wed Mar 17 15:39:26 GMT 2021
नेकपा (एमाले)का नेता माधवकुमार नेपालले पार्टीलाई सुदृढ र बलियो बनाउने बताउनुभएको छ ।
आजदेखि शुरु भएको एमालेका नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले पार्टी सङ्कटमा पुगेकाले बचाउनुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र देखिएको समस्यालाई पार्टीमै छलफल हुनुपर्ने भन्दै पार्टी एकताका लागि मिलेर अगाडि बढ्न आफूले चाहेकोसमेत स्पष्ट पार्नुभयो । उहाँले नेपालको राजनीतिकमा कम्युनिष्ट आन्दोलनको हैसियतलाई जोगाउँदै एमालेलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
Read full story at source (nepalghatana.com)