राष्ट्रपति भण्डारीबाट गौरा पर्वका अवसरमा शुभकामना
deshsanchar.com · Fri Sep 02 17:21:11 GMT 2022
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवं विसंगति अन्त्य गरी सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।
गौरा पर्व २०७९ का अवसरमा दिएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन्।
Read full story at source (deshsanchar.com)