भोटेकोसी बाढीका घाइतेको उपचारमा कमी हुन नदिन सरकारको ध्यानाकर्षण
swasthyakhabar.com · Thu Aug 27 05:34:21 GMT 2026

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोसी नदीमा आएको भीषण बाढीबाट घाइते भई अस्पतालमा उपचाररत नागरिकलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
आङ्देम्बेले बुधबार राति काठमाडौंस्थित ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पताल पुगेर बाढीमा परी घाइते भएका नागरिकलाई भेटेका हुन्। भेटका क्रममा उनले घाइतेहरूको स्वास्थ्य अवस्था, उपचारको स्थिति तथा अस्पतालले उपलब्ध गराइरहेको स्वास्थ्य सेवाबारे जानकारी लिए।
Read full story at source (swasthyakhabar.com)