बाढीप्रभावित तीन जिल्लालाई नेपाल सरकारको १६ करोड रुपैयाँ नगद राहत
gorkhapatraonline.com · Sat Sep 05 08:17:56 GMT 2026

काठमाडौँ, भदौ २० गते । नेपाल सरकारले बाढीप्रभावित तीन जिल्ला र १५ पालिकालाई १६ करोड रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार रसुवालाई एक करोड, नुवाकोट एक करोड, धादिङलाई ५० लाख दिइएको छ । प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपियाँ राहतस्वरुप उपलब्ध गराइएको छ ।
हालसम्म काठमाडौँबाट ८० ट्रक र ३८ बोलेरोमार्फत प्रभावित क्षेत्रमा खाद्य र गैरखाद्य सामग्री तथा हेलिकोप्टरबाट ९ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पठाइएको प्राधिकरणले जनाएको छ । सशस्त्र प्रहरीले नुवाकोट जिल्लाभित्र १७३ हवाई उडानमार्फत राहत सामग्री ढुवानी गरेको छ ।
Read full story at source (gorkhapatraonline.com)