बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार
khabarhub.com · Sat Sep 05 08:16:21 GMT 2026

नुवाकोट – नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरीको टोलीले आनन्द श्रेष्ठको घरबाट ती महिलालाई सकुशल बाहिर निकालेको हो।
सशस्त्र प्रहरीका अनुसार बाढीका कारण घर पुरिएपछि जोखिममा परेकी महिलाको उद्धार गरिएको हो। उद्धारपछि उनको अवस्था सामान्य रहेको बताइएको छ।
Read full story at source (khabarhub.com)