पर्यटकीयस्थल जोड्न पर्वतमा पदमार्ग निर्माण
deshsanchar.com · Sat Jul 26 17:15:08 GMT 2025

पर्वत – पर्यटकीयस्थललाई जोड्न गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा करिब पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको छ। जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक तथा पर्यटकीयस्थलमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि १७ वटा योजनामार्फत करिब पाँच किमी पदमार्ग निर्माण गरिएको हो।
कतिपय स्थानमा ढङ्गाको सिँढी बनाएर र कतिपय स्थानमा ढलान गरेर पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय पर्वतले जनाएको छ। कार्यालय प्रमुख पोषनाथ शर्माका अनुसार १७ स्थानमा गरेर चार हजार ८५० मिटर लामो पदमार्ग निर्माण गरिएको छ।
Read full story at source (deshsanchar.com)