झापाको कचनकवलमा आगलागी हुँदा १७ लाख बराबरको क्षति
barnanmedia.com · Wed May 20 13:41:08 GMT 2026

झापाको कचनकवल गाउँपालिका–५ डागाँबारीमा आगलागी हुँदा करिब १७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मंगलबार दिउँसो १२ः२० बजेतिर मैरदिन मियाँको घरमा विद्युत् तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट टिनको छाना र प्लास्टिकले बनेको भान्सा घर पूर्ण रूपमा जलेको छ । भान्साघरमा रहेको अन्नपात, भाडाकुँडा, दाउरा लगायतका सामग्री जलेर करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
Read full story at source (barnanmedia.com)