मृत्युको मुखबाट दुई जीवनको पुनर्जन्म
barnanmedia.com · Sat Sep 05 08:39:11 GMT 2026

नुवाकोट । रसुवा बाढीको ११औँ दिन शनिबार दुई चमत्कारिक उद्धार भएका छन्। नुवाकोटको बेत्रावतीमा घरको भग्नावशेषमा पुरिएकी ५५ वर्षीया चण्डिका श्रेष्ठ र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा फसेका एक चिनियाँ नागरिकलाई शनिबार जीवितै उद्धार गरिएको हो।
विदुर नगरपालिका–१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको चारतले घरमा पुरिएकी चण्डिकालाई सशस्त्र प्रहरी बलको टोलीले ११औँ दिनमा जीवितै उद्धार गरेको हो। उद्धारपछि उनले टोलीले खुवाएको पानीसमेत खाएकी छन्। उनी बोल्न सक्ने अवस्थामा रहेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए
Read full story at source (barnanmedia.com)