ममतालाई घरमै पुगेर दिइयो नागरिकता
ratopati.com · Sat Jul 04 19:35:17 GMT 2026

भोजपुर । भोजपुर नगरपालिका–१ नाकामकी ममता राईलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । ममताकी संरक्षकका रूपमा रहेकी हजुरआमा असक्त भएकाले जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले घरमै सेवा प्रदान गरेको हो ।
ममताको पारिवारिक अवस्था जटिल रहेको छ । उनका बुबा लामो समयदेखि बेपत्ता रहेका छन् भने आमा जन्मदर्ता गराएपछि सम्पर्कविहीन भएकी हुन् । अदालतले ममताको हेरचाह तथा कानुनी संरक्षकका रूपमा हजुरआमा रत्नकुमारी राईलाई तोकेको थियो । तर संरक्षकका रूपमा रहेकी हजुरआमा स्वयं शारीरिक रूपमा अशक्त रहेकाले हिँडडुल गर्न तथा स्पष्ट रूपमा बोल्नसमेत असमर्थ छन् । जसका कारण नागरिकता प्राप्तिका लागि आवश्यक सनाखत प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालयसम्म पुग्न सम्भव भएको थिएन ।
Read full story at source (ratopati.com)