वन अतिक्रमण गरेर बनाइएको पक्की भवन भत्काइयो
annapurnapost.com · Wed May 20 14:15:35 GMT 2026

धादिङ : धादिङमा वनको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको पक्की व्यावसायिक भवन भत्काइएको छ। डिभिजन वन कार्यालय धादिङले पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका-३ मा सार्वजनिक वन क्षेत्र मिचेर बनाइएको भवन डोजर प्रयोग गरी हटाएको हो।
डिभिजन वन कार्यालय धादिङका प्रमुख रोशना पोखरेलका अनुसार लामो समयदेखि विवादमा रहेको उक्त संरचना सर्वोच्च अदालतले २०७९ सालमै हटाउन आदेश दिएको थियो। अदालतको आदेशपछि सम्बन्धित पक्षलाई पटक-पटक सूचना तथा समयसीमा दिइए पनि अटेर गरिएपछि अन्ततः भवन भत्काइएको उनले बताए।
Read full story at source (annapurnapost.com)