प्रकृतिले कोरेको क्यानभासको पेन्टिङ हो बडीमालिका
ratopati.com · Sat Sep 05 09:15:00 GMT 2026

बडीमालिकाको यात्रा सुरु गर्दा मलाई गन्तव्यभन्दा बाटो नै ठूलो कथा हो जस्तो लागेको थियो । धनगढीबाट यात्रा सुरु भयो । बिहानै गाडीमा चढ्दा मनमा उत्साह थियो । शरीरमा भने निद्रा बाँकी थियो । सडकले विस्तारै धनगढी पछाडि छोड्यो । कैलालीको समथर भूभाग पार गर्दै हामी पहाडतिर लाग्यौँ । अत्तरिया कटेपछि पहाडको स्वागत सुरु भयो । घुम्तीमाथि घुम्ती । तल गहिरो खोँच । माथि अग्ला डाँडा । गाडी मोडिँदा कहिले लाग्थ्यो, हामी देब्रेतिर जाँदैछौँ । फेरि केही क्षणपछि दाहिनेतिर । चालक भने ढुक्क । यात्रुहरू भने कहिले भगवान् सम्झने, कहिले चालकलाई सम्झाउने ।
डडेल्धुरा पुग्दा मौसम नै फेरिएको थियो । धनगढीको गर्मी सम्झँदा यहाँको चिसो अचम्म लाग्यो । बाटोछेउका हरिया डाँडाहरूले थकान भुलाइदिए । चियाको गन्धले पेटलाई सम्झायो यात्रा दर्शन मात्र होइन, भोजन पनि हो । एउटा चियाको कप हातमा आयो । चियाभन्दा बढी रमाइलो त त्यहाँको दृश्य थियो । कुहिरोले डाँडालाई आधा लुकाएको थियो । हामी पनि केही बेर प्रकृतिको गोप्य सभा हेरेझैँ चुप लाग्यौँ ।
Read full story at source (ratopati.com)