इलाममा लकडाउन खुकुलो गर्न सिफारिस
lokpath.com · Mon Aug 30 16:20:41 GMT 2021
इलाम। इलाममा केही समययता कोरोना संक्रमणको दर घट्दै गएको छ । इलामका ८१ वटा वडामध्ये १४ वटा वडामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या शून्य भएको छ ।
इलाम नगरपालिकाका दुईवटा वडा, सूर्योदय नगरपालिकाको एउटा वडा, देउमाईको एउटा वडामा कोभिडका सक्रिय संक्रमित छैनन् । त्यस्तै, सन्दकपुर गाउँपालिकाका दुुईवटा, माईजोगमाईको एउटा, रोङ गाउँपालिकाका दुईवटा, फाकफोकथुका दुईवटा र माङसेबुङ गाउँपालिकाका पाँचवटा वडामा कोरोनाका संक्रिय संक्रमितको संख्या शून्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Read full story at source (lokpath.com)