बानियाँटारबाट चितुवाको उद्धार
gorkhapatraonline.com · Sat Jun 13 10:26:17 GMT 2026

तनहुँको बन्दीपुर गाउँपालिका–१, बानियाँटारबाट एक वयस्क चितुवाको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय तनहुँको प्राविधिक टोलीले उक्त चितुवाको उद्धार गरेको हो ।
जङ्गलमा आहाराको कमी भएपछि खानेकुराको खोजीमा चितुवा मानव बस्तीमा पसेको वन कार्यालयका अधिकारीको भनाइ छ । शुक्रबार साँझ बस्तीमा अचानक चितुवा देखिएपछि स्थानीयवासी त्रसित बनेका थिए ।
Read full story at source (gorkhapatraonline.com)