दुर्घटनामा परे हर्क साम्पाङ, सुदन किराती भन्छन्- सामान्य चोटपटक मात्र
himalpress.com · Fri Jun 05 04:12:45 GMT 2026

काठमाडौँ- श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ बिहीबार दुर्घटनामा परेको उक्त पार्टीका वरिष्ठ नेता सुदन किरातीले जानकारी दिएका छन्। अध्यक्ष साम्पाङको अवस्था सामान्य रहेको किरातीले बताए।
उनले भने, ‘हाम्रो श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ हिजो (बिहीबार) दुर्घटनामा परेको खबरले हामी सबैलाई चिन्तित बनाएको थियो तर सामान्य चोटपटक मात्र भएकोले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र उहाँ आफ्नो दैनिकीमा सदाझै सकृय हुनुहुन्छ। आम पार्टी पंक्ति अर्थात् श्रमदाता शुभेच्छुक तथा साथीहरूलाई धेरै चिन्ता नगर्न अनुरोध गर्दछु। अध्यक्षज्यूको पूर्ण शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’
Read full story at source (himalpress.com)