बागमती सरकारको प्रशासनिक भवन निर्माणस्थलमा पाँच हजार रुख काटिने
shilapatra.com · Wed May 20 15:02:00 GMT 2026

बागमती प्रदेश सरकारले आफ्नै स्थायी प्रशासनिक भवन निर्माणको तयारी थालेसँगै मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका–१६ र १७ क्षेत्रमा रहेका सामुदायिक वनमा रुख छपान तथा कटान कार्य सुरु भएको छ ।
प्रदेश सरकार गठन भएको सात वर्षपछि पहिलो पटक मन्त्रालय, सेवा केन्द्र तथा केही सरकारी निवासलाई एउटै परिसरमा राख्ने गरी एकीकृत प्रशासनिक संरचना निर्माणको योजना अघि बढाइएको हो । यसका लागि हेटौंडा उपमहानगरपालिका–१६ र १७ मा रहेको ३१ दशमलव दुई हेक्टर वन क्षेत्र प्रदेश सरकारलाई भोगाधिकार स्वरूप उपलब्ध गराइएको डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश चन्द्रवंशीले जानकारी दिए ।
Read full story at source (shilapatra.com)