गुल्मीमा एक लाख ३६ हजारभन्दा बढीले गराए स्वास्थ्य बिमा
gorkhapatraonline.com · Sat Sep 05 10:01:59 GMT 2026

गुल्मीमा एक लाख ३६ हजारभन्दा नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति यस जिल्लाका नागरिकको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापितका लागि सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्म यहाँका एक लाख ३६ हजार ८३५ जनाले स्वास्थ्य बिमा गराउनुभएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्यसेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ यस जिल्लामा २०७६ साल माघ १९ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका संयोजक सुवास घिमिरेले जानकारी दिनुभयो । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा २०७८ सालको जनगणना अनुसार दुई लाख ४६ हजार ४९४ जनसङ्ख्या रहेको छ ।
Read full story at source (gorkhapatraonline.com)