१७ सय किलोको मासु खाने उपभोक्ताका लागि ग्यास महँगो होइन : आयल निगम
baahrakhari.com · Sat Sep 05 10:03:19 GMT 2026

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अन्य उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझै सस्तो रहेको दाबी गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य शृङ्खलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । कार्यकारी निर्देशक साहले निगमले हाल प्रतिसिलिण्डर चारसय रुपैयाँ घाटा व्यहोरेर ग्यासको कारोबार गरिरहेको जानकारी दिए ।
Read full story at source (baahrakhari.com)