शिक्षाको गुणस्तर सुधारका लागि बझाङमा राष्ट्रिय सम्मेलन हुँदै , सकियो तयारी
nepalpress.com · Thu May 29 17:05:03 GMT 2025

बझाङ । बझाङको जयपृथ्वी क्याम्पसले उच्च शिक्षाको गुणस्तर सुधारका लागि जेठ १६ र १७ गते दुई दिने राष्ट्रिय सम्मेलन आयोजना गर्नका लागि सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । सम्मेलनमा नेपालका विभिन्न विश्वविद्यालयका प्राज्ञ, विषय विज्ञ, शिक्षक, अनुसन्धानकर्ता, विद्यार्थी र जनप्रतिनिधिहरू सहभागी हुनेछन्।
उच्च शिक्षाको गुणस्तर सुधारका विषयमा गहन छलफल र बहस गरिने सम्मेलनमा विभिन्न विषयका कार्यपत्र प्रस्तुति, प्यानल छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने छ। आयोजकले सम्मेलनमार्फत उच्च शिक्षाको वर्तमान अवस्था, अवसर र चुनौतीहरूको खोजी गरिने बताइएको छ ।
Read full story at source (nepalpress.com)