लक्ष्य प्राप्त नगरेसम्म युद्ध अन्त्य हुँदैन : इजरायली प्रधानमन्त्री
ratopati.com · Sun Jan 07 17:26:00 GMT 2024
तेल अविव । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले आफ्ना सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध अन्त्त नहुने घोषणा गरेको छ । विशेष गरी हमासको विनाश नभएसम्म गाजामा युद्ध समाप्त नहुने उनको उद्घोष छ ।
‘तीन महिनाअघि हमासले हाम्रोविरुद्ध भयानक नरसंहार गरेको थियो,’ उनले आइतवार विज्ञप्ति जारी गर्दै भनेका छन् । सरकारले हमासलाई हटाउन युद्धमा जान, हाम्रा बन्धकहरूलाई फिर्ता गर्न र गाजा द्वन्द्व फेरि कहिल्यै नहोस् भनेर सुनिश्चित गर्न निर्देशन दिएको उनले बताएका छन् ।
Read full story at source (ratopati.com)