भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र ८ जलविद्युत् आयोजनामा पूर्ण क्षति
himalpress.com · Sat Sep 05 10:28:03 GMT 2026

काठमाडौँ- भोटेकाशी बाढीले रसुवा जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले गत १० गतेको बाढीले पुर्याएको क्षतिसम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीबाट २८ वटा सरकारी र सार्वजनिक भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ वटा बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र एक हजार ५०० वटा निजी घरमा क्षति पुगेको छ।
Read full story at source (himalpress.com)