रसुवाका बाढीपीडितलाई जापानको दिपओए कम्पनीको ३६ लाख येन सहयोग
onlinekhabar.com · Sat Sep 05 10:34:24 GMT 2026

२० भदौ, टोकियो । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि जापानस्थित दिपओए जापान कम्पनी प्रालिले ३६ लाख जापानी येन आर्थिक सहयोग गरेको छ।
कम्पनीका निर्देशक एवं प्रबन्ध निर्देशक दीपक सुवेदीका अनुसार, बाढीपीडितको घाउमा मलम लगाउन कम्पनीको संस्थागत तर्फबाट ३० लाख येन र त्यहाँ कार्यरत कर्मचारीका तर्फबाट ६ लाख येन गरी कुल ३६ लाख येन संकलन गरिएको हो।
Read full story at source (onlinekhabar.com)