हेलिकप्टरसहित तालिमप्राप्त उद्धारकर्मी नेपाल पठाउने प्रस्ताव गरे पनि नेपाल सरकारले प्रत्यक्ष विदेशी सहायता नलिने निर्णय
barnanmedia.com · Fri Aug 28 03:26:50 GMT 2026

रसुवा बाढीमा फसेका नागरिकको खोज तथा उद्धारका लागि विभिन्न विदेशी राष्ट्रले हेलिकप्टरसहित तालिमप्राप्त उद्धारकर्मी नेपाल पठाउने प्रस्ताव गरे पनि नेपाल सरकारले प्रत्यक्ष विदेशी सहायता नलिने निर्णय गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार विभिन्न मुलुकले बाढी प्रभावित क्षेत्रमा आफ्ना नागरिकसहित अन्य प्रभावितको खोज तथा उद्धारमा सहयोग गर्न हेलिकप्टर र तालिमप्राप्त उद्धारकर्मी पठाउने प्रस्ताव गरेका थिए। तर नेपाली सेनासँगको समन्वयपछि प्रत्यक्ष विदेशी सहायता नलिने नीति लिइएको हो।
Read full story at source (barnanmedia.com)