कर्णालीमा क्रिकेटको स्थायी संरचना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
nagariknews.nagariknetwork.com · Fri Jun 05 04:14:27 GMT 2026
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन सरकार तत्पर रहेको बताएका छन्। मुख्यमन्त्री कँडेलले क्रिकेट खेलप्रति आकर्षण बढिरहेको बताउँदै क्रिकेटको स्थायी संरचना निर्माणमा आफूहरू केन्द्रित हुने बताए।
‘अहिले खेल भइरहेका मैदानहरू अस्थायी हुन्, क्यान र प्रदेश सरकारको सहकार्यमा सुविधाजनक क्रिकेट मैदान बनाउने छौं,’ अन्डर–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको शुक्रबार वीरेन्द्रनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले भने। उनले कर्णालीलाई खेल क्षेत्रको हव बनाउनका लागि सीमित स्रोत र साधनबीच पनि प्रदेश सरकारले खेल पूर्वाधारहरू निर्माण गरिरहेको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)