‘बेरोजगार’ होइन ‘अश्रमिक’ : भाषिक सम्मान र सामाजिक न्याय
ratopati.com · Sat Sep 05 12:15:00 GMT 2026

भाषा केवल सञ्चारको माध्यम मात्र होइन, समाजको चरित्र हेर्ने ऐना पनि हो। हामीले प्रयोग गर्ने हरेक शब्दहरूले वस्तु वा अवस्थाको वर्णन मात्र गर्दैनन्, तिनले मानिसप्रति सम्मान, तिरस्कार, सहानुभूति वा पूर्वाग्रह पनि प्रस्तुत गर्छन्। त्यसैले कुनै व्यक्तिलाई वा उसको अवस्थालाई के भनेर सम्बोधन गरिन्छ भन्ने कुरा भाषिक वा साङ्केतिक विषय मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक न्यायको विषय पनि हो। यो इतिहासले निर्माण गर्ने अर्थ हो, भाव हो, चित्र हो।
हामी दैनिक बोलिचालीका क्रममा रोजगारी वा श्रमसँग सम्बन्धित व्यक्तिलाई वर्णन गर्न विभिन्न शब्द प्रयोग गर्छौँ। तीमध्ये केही शब्द सम्मानजनक छन्, केही तटस्थ छन् र केही यस्ता छन्, जसले व्यक्तिको अवस्थाभन्दा बढी उसको पहिचानमाथि प्रश्न उठाउँछन्। उदाहरणका लागि ‘श्रमिक’, ‘मजदुर’, ‘कामदार’, ‘कर्मचारी’, ‘उद्यमी’, ‘स्वरोजगार’, ‘पेसाकर्मी’ जस्ता शब्दहरू सुन्दा सम्मानको अनुभूति हुन्छ।
Read full story at source (ratopati.com)