‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ अहङ्कार मेटियो’
ratopati.com · Fri Jun 05 04:30:54 GMT 2026

रेखा थापा नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री हुन् । फिल्म क्षेत्रमा निर्माता तथा निर्देशकको रूपमा समेत परिचित उनले सौन्दर्य प्रतियोगिता हँुदै चलचित्र ‘हिरो’ बाट नेपाली रजतपटमा डेब्यु गरिन् । आफ्नो दुई दशकभन्दा लामो फिल्म यात्रामा उनले झन्डै सयभन्दा बढी फिल्म अभिनय गरिसकेकी छन् । अभिनेत्रीलाई परम्परागत र सहायक भूमिकाबाट उठाएर हिरोसरह पुर्याउने श्रेय उनलाई नै जान्छ । ‘किस्मत’, ‘हिम्मत’, ‘हिफाजत’, ‘काली’, ‘रामप्यारी’ र ‘कसले चोर्यो मेरो मन’ जस्ता फिल्ममा उनले हिरोगिरी प्रस्तुत गरेकी थिइन् ।
रेखा पछिल्लो समय रङ्गमञ्च (थिएटर)मा देखिएकी थिइन् । ‘मीरा’ नामक नाटकमा अभिनय गरेकी उनले थिएटरलाई साधनाको रूपमा अनुभव गरेकी छन् । रङ्गमञ्चको यो यात्राले आफ्नो कला यात्रामा नयाँ ऊर्जा थपेको उनको बुझाइ छ ।
Read full story at source (ratopati.com)