म्याच डे ४ः जापानले नेदरल्यान्ड्सलाई रोक्न सक्ला ?
nepalviews.com · Sat Jun 13 13:32:46 GMT 2026
काठमाडौं । विश्वकप २०२६ अन्तर्गत ‘म्याच–डे ४’मा आइतबार नेदरल्यान्ड्सले एसियन पावरहाउस जापानसँग खेल्दै छ । समूह ‘एफ’को यो खेल नेपाली समयअनुसार मध्यराति १ः४५ बजे हुनेछ ।
युरोपियन च्याम्पियनसिप २०२४ को सेमिफाइनलिस्ट नेदरल्यान्ड्सले फिफा विश्वकपको गत संस्करणमा अन्तिम आठसम्मको यात्रा गरेको थियो । तीनपटकको उपविजेता नेदरल्यान्ड्स आफ्नो १२औं विश्वकप अनुभव लिइरहेको छ । यसपाली टोलीको पहिलो लक्ष्य भनेको नकआउट चरणमा स्थान बनाउनु हो । त्यसपछि कम्तीमा सेमिफाइनलमा पुग्नु हुनेछ ।
Read full story at source (nepalviews.com)