‘जलवायु परिवर्तनले दक्षिण एसियाली क्षेत्रमा असमान प्रभाव’
gorkhapatraonline.com · Sat Sep 05 12:59:02 GMT 2026

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इसाक दारले जलवायु परिवर्तनले दक्षिण एसियाली क्षेत्रका देशमा असमान प्रभाव पारिरहेको बताउनुभएको छ । जसकारण जीवन, जीविकोपार्जन र पूर्वाधारमा गम्भीर अवस्था सिर्जना भएको उल्लेख गर्नुभएको छ ।
नेपालमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले उक्त कुरा कताउनु भएको हो । इस्लामाबादस्थित नेपाली दूतावासको भ्रमण गरी पाकिस्तानका लागि नेपालका राजदूत रिता धितालसँग उहाँले नेपाल सरकार र जनतासँग पाकिस्तानको ऐक्यबद्धता प्रकट गर्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)