सानो हात, विशाल मन: नेपालका बाढीपीडितका लागि ६ वर्षे बालकले फुटाए खुत्रुके
annapurnapost.com · Sat Sep 05 12:56:13 GMT 2026

काठमाडौं : सीमा, भूगोल र राजनीतिक रेखाले मानिसहरूलाई छुट्याए पनि पीडा र मानवताको भाषा सधैँ एकै हुन्छ भन्ने कुराको प्रत्यक्ष उदाहरण बनेका छन्— भारत, उत्तर प्रदेशका ६ वर्षीय बालक अल्फाज शेख। भोटेकोशी र त्रिशूलीको बाढीले पुर्याएको अभूतपूर्व क्षति र राष्ट्रिय शोकका बिच उत्तर प्रदेशको कुशीनगर जिल्लास्थित बेटिया ग्राम पञ्चायतका यी बालकले हालै देखाएको बालसुलभ आत्मीयता र भावुक कदमले धेरैको मन छोएको छ।
कक्षा ३ मा अध्ययनरत अल्फाजले युट्युब र टेलिभिजनमार्फत नेपालमा आएको भीषण बाढी र त्यसले निम्त्याएको विनाशको दृश्य देखेका थिए। नेपालका बाढीपीडितहरू बिचल्लीमा परेको देखेर भावुक बनेका उनले घरपरिवारले खाजा र चकलेट खान दिएको पैसा बचाएर १ वर्षदेखि खुत्रुके (गुल्लक) मा जम्मा गर्दै आएका थिए। आफ्ना अभिभावकका साथ कुशीनगरका जिल्ला अधिकारी ९डिएम० कार्यालय पुगेर उनले बाढीपीडितको सहयोगार्थ आफ्नो त्यो १ वर्षको कमाइ हस्तान्तरण गरेका छन्। हाल यो समाचार र भिडियो सामाजिक सञ्जालमा व्यापक भाइरल बनिरहेको छ।
Read full story at source (annapurnapost.com)