आज यी ३२ जिल्लामा आकस्मिक बाढीको जोखिम, स-साना नदीको बहाव बढ्ने सम्भावना
nagariknews.nagariknetwork.com · Fri Aug 28 03:40:23 GMT 2026

आज पाँचथरसहित ३२ जिल्ला र आसपासका क्षेत्रमा बहने स-साना नदीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, दैलेख र अछाम तथा आसपासका जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)