जोखिममा परेका बालबालिकालाई सहयोग
ratopati.com · Sat Jul 04 23:55:45 GMT 2026

कालिकोट । कालिकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाले जोखिममा परेका बालबालिकालाई बाल हित कोषमार्फत खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको हो ।
नगरपालिकाको बाल हित कोषमार्फत विपन्न, असहाय तथा विभिन्न कारणले जोखिममा परेका बालबालिकालाई राहत सामग्री प्रदान गरेको छ । नगरपालिकाभित्रका जोखिममा परेका ११५ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको नगरप्रमुख शङ्करप्रसाद उपाध्यायले बताए । उनले बालबालिकाको संरक्षण, शिक्षा र समग्र विकासलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए । नागरिकको दुःख र अप्ठ्यारोमा स्थानीय सरकार सधैँ साथमा रहनेछ । आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।
Read full story at source (ratopati.com)